काठमाडौँ, ५ भदौ, भारतका चर्चित अभिनेता अनुपम खेर आज नेपाल आइ पुगेका छन् । कोसेली फाउन्डेसन नामक एक संस्थाले राजधानी काठमाडौमा गर्ने एक कार्यक्रममा भाग लिन अभिनेता खेर नेपाल आएका हुन् । अनुपम खेरले आज राजधानीको सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा आफ्नो प्रस्तुति दिने बताइएको छ । कोसेली फाउन्डेसनले शान्तिनगरमा संचालन गरेको कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी तथा मजदुरका १ सय २० जनाभन्दा बढि बालबालिकाको सहयोगको लागि खेरले आज प्रस्तुति दिन लागेका हुन् । भारतीय सिनेमाका क्षेत्रमा अभिनेता, निर्देशक तथा फिल्म निर्माताको रुपमा परिचित अनुपम खेरका नेपाली फ्यान पनि धेरै रहेका छन् । फिल्मी यात्रामा लामो समय विताइ सकेका खेरले अहिले भारतीय टेलिभिजन कलर्सबाट 'द अनुपम खेर शो' भन्ने कार्यक्रम पनि चलाउँदै आएका छन् । उक्त कार्यक्रमले अहिले निक्कै चर्चा पनि पाएको छ ।

Comments
Post a Comment