Ad
|
मुम्बइ, सन २०१४ को नोभेम्बर महिना बलिउका लागी व्यवसायका हिसाबले सबैभन्दा खराब रहेको थियो । यो महिना रिलिज भएका सबै फिल्महरू असफल रहेका थिए ।
‘द शोकीन्स’ को हास्य, ‘किल दिल’ को एक्शन र ‘रंग रसिया’ को कलात्मकता दर्शकहरूलाइ आकर्षित गर्नमा असफल सावित भए ।
‘ह्याप्पी न्यू ईयर’ फिल्महलबाट उत्रिएपछि मानौं हलहरूनै सुनसान जस्ता देखिए । यो समय दर्शकहरू फिल्म हेर्ने मूडमा नै नरहेको जस्तो देखिएका थिए ।
अब डिसेम्बर लागिसकेको छ । र फिल्म इन्डस्ट्रीमा यो महिना भने निकै आशाका साथमा हेरिएको छ । यो महिना बलिउडमा २ ठुला फिल्महरू रिलिज हुन गैरहेका छन । जसको सफलतालाइ लिएर कुनै द्विविधा छैन । अजय देवगनको ‘एक्शन ज्याक्सन’ र अमिर खानको ‘पीके’ ले यो महिना कडा प्रतिस्पर्धा गर्ने भएको छ ।
डिसेम्बरमा चार वटा शुक्रवार रहेका छन । पाँच डिसेम्बरमा एक्शन ज्इक्सन, भोपाल- ए प्रेअर फर रेन, सुलेमानी कीडा र एक्सोडस- गड्स एण्ड किङ्ग्स रिलीज हुनेछ । जसमध्ये एक्शन ज्याक्सनले अरू फिल्महरूलाइ पछार्ने निश्चितप्राय छ । प्रभुदेवा मसाला फिल्म बनाउने कुरामा किङ मानिन्छन । अजय देवगन र सोनाक्षी सिन्हाको हिट जोडी दर्शकहरूका लागी आकर्षणको केन्द्र हो । यस फिल्मका गीतहरू पहिलेनै हिट भैसकेका छन ।
त्यस्तै १९ डिसेम्बरमा यो बर्षकै सबैभन्दा प्रतिक्षित फिल्म मध्येको एक अमिर खान स्टारर ‘पीके’ रिलीज हुने भएको छ । ‘थ्री इडियट्स’ का राजकुमार हिरानी र आमिर खान फेरी एक पटक एकसाथ देखिनेछन । यो फिल्मले बलिउडमा कयौं रेकर्डहरू तोड्न सक्ने सम्भावना रहेको बताइन्छ । क्रिसमस र नयाँ बर्षको छुट्टिको पुरै फाइदा समेत यो फिल्मले पाउनेछ । पीकेलाइ तीन साताको ओपन रन प्राप्त भएको छ, यस क्रममा अरू कुनै फिल्महरू रिलीज हुनेछैनन ।
अब डिसेम्बर महिनामा मुख्य प्रतिस्पर्धा भनेको अमिर र अजयका फिल्महरूका बिचमा हुने भएको छ । हेरौं कुन फिल्मलाइ दर्शकहरूले धेरै मन पराउने हुन ।
Comments
Post a Comment