Ad
|
आइसीसी टी–२० क्रिकेटको ब्याट्सम्यान बरियतामा नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान पारस खड्का ६४ औं स्थानमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
आइसीसी टी–२० विश्वकप क्रिकेट छनोटअघि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले बुधबार जारी गरेको ब्याटस्म्यान बरियतामा पारसले ठूलो फड्को मारेका हुन ।
यसअघि आइसीसी टी–२० बरियतामा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले मात्र नेपालको प्रतिनिधित्व गरेका थिए । तर, नेदरल्याण्डविरुद्धको चार अभ्यास खेलमा उत्कृष्ट ब्याटिङ गरेका कारण पारसलाई वरियतामा सूचीकृत गरिएको हो ।
पारसले प्राप्त गरेको स्थान नेपाली क्रिकेटरले प्राप्त गरेको उच्चतम बरियता हो । उनले ३३८ रेटिङ हासिल गरेका छन् । नेदरल्याण्डसँग ३–१ ले गुमाएको सिरिजमा पारसले नेपालका लागि सर्वाधिक १३७ रन बनाएका थिए ।
उनको चार खेलमा ११७.०९ स्ट्राइक थियो । टी–२० ब्याट्सम्यान बरियतामा भारतका विराट कोहली शीर्ष स्थानमा छन् । पारसले अन्तराष्ट्रिय क्रिकेट जगतकै चर्चित ब्याट्सम्यानलाई पछि पारेका छन् ।
पाकिस्तानका पूर्वकप्तान सोएब मलिक पारसभन्दा ६ स्थान पछाडि छन् । बंगलादेशका मोहमद नासिर, पाकिस्तानकै करमान अकमल, श्रीलंकाली लिहरु थिरमाने तथा न्युजिल्याण्डका जेसे राइडर पारभन्दा पछि छन् ।
यसैगरी नेपाली ब्याट्सम्यान मध्ये उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले पनि सयौं ब्याट्सम्यानभित्र आफ्नो स्थान बनाएका छन् । शरद ८१ औ र ज्ञानेन्द्र ८५ औं स्थानमा छन् ।

Comments
Post a Comment