Skip to main content

WHY IS EBOLA VIRUS DANGEROUS?

इबोला भाइरस
पश्चिम अफ्रीकामा फैलिएको इबोला भाइरसको महामारी हालसम्मकै सबैभन्दा घातक देखिएको छ। यो बर्ष मात्रै गीनी, लाइबेरिया, सिएरा लियोन र नाइजेरियामा मात्रै इबोलाका कारण १२ सय जना भन्दा बढीको ज्यान गैसकेको अवस्थामा, विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरेको छ।
इबोला के हो?
इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार यस्को प्रभारम्भीक लक्षणमा एक्कासी ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्‍ने र घांटी खराब हुने हुन्छ।
यी शुरुआतका लक्षणहरु मात्र हुन्, त्यसपछि वान्ता हुने, झाडा पखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रुपमा रगत बग्ने पनि हुन्छ।
यो रोग संक्रमण भएका चिम्पान्जी, चमेरो र जंगली मृग जस्ता जनावरहरुसंगको निकट सम्पर्कबाट मानिसमा सर्ने गर्छ।
मानिसबाट मानिसमा चाहिं संक्रमित रगत, जीउबाट निस्कने अन्य तरल पदार्थ, संक्रमित अंगबाट प्रत्यक्ष रुपमा र संक्रमित वातावरणमा लामो समय विताउंदा अप्रत्यक्ष तवरले सर्ने गर्छ।
इबोलाबाट मृत्यु भएका मानिसहरुको शवसंग प्रत्यक्ष सम्पर्क हुने अन्य मानिसलाई पनि यो रोग सर्न सक्छ।
यो भाइरस संक्रमण भएपछि संक्रमित मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय, इन्क्युबेशन पिरिएड, दुइ दिन देखि तीन हप्तासम्मको हुन्छ र यस्को पहिचान गर्न पनि गाह्रो छ।
मानिसमा इबोला रोग हालसम्म प्राय:जसो अफ्रीका महादेशमा मात्र सिमित देखिएको छ तर भाइरसको एउटा प्रजाति फीलीपीन्समा पनि देखा परेको छ।
यो रोगका विरामीहरुको उपचार र सेवामा संलग्न स्वास्थ्य अधिकारीहरुले संक्रमण फैलिन नदिने उपयुक्त पूर्वसावधानी नअपनाए तिनीहरु पनि जोखिमबाट मुक्त रहंदैनन्।
इबोला संक्रमण भएका मानिसहरु निको भैसकेका भएता पनि तिनीहरुको रगत र शरिरका अन्य तरल पदार्थमा उक्त भाइरस रहुंजेल अरुलाई संक्रमण फैलाउन सक्ने जोखिमका रुपमा रहन्छन्, निको भएको झण्डै सात हप्तासम्म पनि।
इबोलाबाट बच्न अपनाउन सकिने उपायहरु
विश्व स्वास्थ्य संगठनको सुझाव छ – इबोला संक्रमण भएका विरामी र तिनको शरिरबाट निस्कने तरल पदार्थको सम्पर्कमा नआउने। सार्वजनिक स्थानमा रहेका संक्रमण भएको हुन सक्ने साझा रुमाल जस्ता बस्तुहरु नछुने।
विरामीको हेरचाह गर्नेहरुले पंजा र मास्क जस्ता सुरक्षित कपडाको प्रयोग गर्नुपर्छ र नियमित रुपमा आफ्नो हात धुने गर्नु पर्छ।
विश्व स्वास्थ्य संगठनले चमेरो, बांदर र वनमान्छे जस्ता संक्रमित जंगली जनावरको मासु कांचै नखान पनि सुझाव दिएको छ।
यो पछिल्लो महामारी शुरु भएको ठानिने गीनीको निश्चित क्षेत्रमा रुख चमेरोको मासु खास रुचाइने परिकार हो।
गत मार्च महिनामा लाइबेरियाका स्वास्थ्यमन्त्रीले संक्रमण फैलिन नदिन मानिसहरुलाई हात नमिलाउन, चुम्बन नगर्न र यौन सम्पर्क नगर्न समेत सुझाव दिएका थिए।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमण भएर निको भएका पुरुषहरुको वीर्यबाट सात हप्ता पछि पनि उक्त भाइरस सर्न सक्ने देखिएको छ।
स्वास्थ्यकर्मीहरुले सामना गर्नु परिरहेको सबैभन्दा ठूलो चुनौति भनेको इबोला संक्रमणको विषयलाई लिएर विद्यमान डर र मिथ्या अनुमानहरु हुन्।
तर स्वास्थ्यकर्मीहरु स्वयं पनि विरामीहरुको उपचार गर्न डराइरहेका छन् र तिनीहरुले संक्रमित विरामीहरुको हेरचाह गर्नका लागि अझ बढी सुरक्षित लुगाकपडाहरुको माग गरिरहेका छन्।
इबोलाका कारण यो महामारी फैलिएको क्षेत्रमा दर्जनौं डाक्टर तथा नर्सहरुको ज्यान गैसकेको छ। मारिनेमा सिएरा लियोनका एकमात्र भाइरसविज्ञ र इबोला विशेषज्ञ शेख उमर खान पनि छन्।
यसकारणले पनि लामो समय देखि डाक्टर र अस्पतालहरुको अभाव भोगीरहेका संक्रमण प्रभावित पश्चिम अफ्रीकी देशहरुको स्वास्थ्य सेवामा थप दबाब परेको छ।
इबोला संक्रमण भएमा के गर्ने?
इबोला संक्रमण भएको व्यक्ति अरु कसैको सम्पर्कमा नआउने गरी अलग्गै बस्नु पर्छ र डाक्टरहरुको सेवा लिनु पर्छ। छिटो उपचारको अवसर पाएमा संक्रमित व्यक्तिको ज्यान बच्ने संभावना बढी हुन्छ।
इबोला भाइरस संक्रमणबाट जोगिन कुनै खोप उपलब्ध छैन। तर नयां खोप र औषधिहरुको परिक्षण भने भैरहेको छ।
इबोला भाइरस संक्रमण महामारीको अवस्थालाई विचार गरेर विश्व स्वास्थ्य संगठनले अगस्ट महिनामा पहिले प्रयोग र परिक्षण नगरिएका औषधिहरुलाई पनि विरामीको उपचारमा प्रयोग गर्न अनुमति दिइसकेको छ।
इबोला संक्रमण भएका मानिसहरुको शरिरमा पानीको मात्रा निरन्तर रुपमा कम हुने गर्दछ।
तिनीहरुले लवणहरु भएको पानी नियमित रुपमा पीइरहनु पर्छ अथवा तिनीहरुलाई सलाइन पानी चढाउनु पर्छ।
स्वास्थ्य सम्बन्धि एउटा परोकारी संस्था, मेड्सां सं फ्रोन्तीए, ले भनेको छ हालको इबोला महामारी उक्त भाइरसको सबैभन्दा घातक र सकृय प्रजातिबाट भैरहेको छ।
हालको महामारीमा ५०% देखि ६०% प्रतिशत संक्रमितहरुको ज्यान गैरहेको छ।

इबोला संक्रमण भएका मानिसहरु मध्ये धेरै जसोको ज्यान गैरहेकोमा कोही कोही चाहिं किन र कसरी निको भएर बांच्न सफल हुन्छन् भन्ने अझै थाहा पाउन सकिएको छैन।

Comments

Popular posts from this blog

Shah Rukh Khan and Ajay Devgn dine together in Bulgaria

Ad Yes, you heard it right! Foe turning friends, Ajay Devgn and Shah Rukh Khan were spotted having dinner in Bulgaria. All thanks to Kajol, who shares a great rapport with the Baadshah on and off screen. In the past their movie war of Jab Tak Hai Jaan Vs. Son Of Sardaar created a fracas between the two. Shah Rukh Khan and Ajay Devgn have never been the best of the friends, however the two actors never spoke ill about each other. If sources are to be believed, Shah Rukh and Ajay talked about films and future projects together over dinner in Bulgaria. Well, we are sure if not anyone else, Kajol must be really happy about the new bond building up. Also Rohit Shetty who is close to both the actors individually must be a reason of their reunion. We hope to see the two in a films soon. Will Kajol too featured in it and if yes, opposite whom is a matter of concern. Ad

Nepal Constitution 2072 2015

Ad {Nepal Constitution 2072 online. The new constitution of Nepal has been finalized and is available for public to view. New constitution of Nepal is shown below. You can download constitution of Nepal from Nepal. Constitution of Nepal 2072 over here. It is in Nepali and pdf format. You can use adobe reader to read it. Download Nepal Constitution 2072 (FINAL Constitution of Nepal 2072) Download Nepal Constitution 2015 Features of New constitution of Nepal 2072 (This features of New constitution of Nepal 2072 are of Draft of new constitution 2072) 8 states in Nepal (Name to be given later with the help of special committee) Discussion to continue on contentious issues and amend of some provision until the final one. Vote of dissents are not a part of the draft but put there for further discussion. Citizenship by Father name or mother name. citizenship to NRN (Non resident Nepalese). 60 percent FPTP and 40 PR in state assemblies as well. Secularism to...

सलमानले कट्रिनासँग के भनेर माफी मागे?

Ad मुम्बई—सलमान खानले आफ्नी पूर्व प्रेमिका कट्रिना कैफसँग माफी मागेका छन्। सलमानले आफ्नी बहिनी अर्पिताको विवाह समारोहमा रणवीर कपुरसँगको सम्बन्धलाई लिएर 'कट्रिना कपूर' भनी गरेको टिप्पणीका लागि पूर्व प्रेमिकासँग माफी मागेका हुन्। मिड डे पत्रिकालाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार सलमान खानले कट्रिनाको घरै गएर सो टिप्पणीका लागि माफी मागेका हुन्। बहिनी अर्पिताको विवाह समारोहमा आएकी कट्रिनालाई सलमानले भनेका थिए, 'मैले तिमीलाई कट्रिना खान बन्ने पूरा मौका दिएको थिएँ तर तिमीले कट्रिना कपूर बन्न रोज्यौ।' सलमानको टिप्पणीको नियत कसैको मजाक उडाउनु नभएको प्रस्टिकरण दिएका थिए। बढी उत्साही भएर आफूले त्यस्तो बोलेका उनले बताएका थिए। माफी मागेपछि कट्रिनाले आफ्नो मनमा सलमानका लागि कुनै दुर्भावना नरहेको जवाफ फर्काएकी थिइन्।  Ad