Skip to main content

WHY IS EBOLA VIRUS DANGEROUS?

इबोला भाइरस
पश्चिम अफ्रीकामा फैलिएको इबोला भाइरसको महामारी हालसम्मकै सबैभन्दा घातक देखिएको छ। यो बर्ष मात्रै गीनी, लाइबेरिया, सिएरा लियोन र नाइजेरियामा मात्रै इबोलाका कारण १२ सय जना भन्दा बढीको ज्यान गैसकेको अवस्थामा, विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरेको छ।
इबोला के हो?
इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार यस्को प्रभारम्भीक लक्षणमा एक्कासी ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्‍ने र घांटी खराब हुने हुन्छ।
यी शुरुआतका लक्षणहरु मात्र हुन्, त्यसपछि वान्ता हुने, झाडा पखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रुपमा रगत बग्ने पनि हुन्छ।
यो रोग संक्रमण भएका चिम्पान्जी, चमेरो र जंगली मृग जस्ता जनावरहरुसंगको निकट सम्पर्कबाट मानिसमा सर्ने गर्छ।
मानिसबाट मानिसमा चाहिं संक्रमित रगत, जीउबाट निस्कने अन्य तरल पदार्थ, संक्रमित अंगबाट प्रत्यक्ष रुपमा र संक्रमित वातावरणमा लामो समय विताउंदा अप्रत्यक्ष तवरले सर्ने गर्छ।
इबोलाबाट मृत्यु भएका मानिसहरुको शवसंग प्रत्यक्ष सम्पर्क हुने अन्य मानिसलाई पनि यो रोग सर्न सक्छ।
यो भाइरस संक्रमण भएपछि संक्रमित मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय, इन्क्युबेशन पिरिएड, दुइ दिन देखि तीन हप्तासम्मको हुन्छ र यस्को पहिचान गर्न पनि गाह्रो छ।
मानिसमा इबोला रोग हालसम्म प्राय:जसो अफ्रीका महादेशमा मात्र सिमित देखिएको छ तर भाइरसको एउटा प्रजाति फीलीपीन्समा पनि देखा परेको छ।
यो रोगका विरामीहरुको उपचार र सेवामा संलग्न स्वास्थ्य अधिकारीहरुले संक्रमण फैलिन नदिने उपयुक्त पूर्वसावधानी नअपनाए तिनीहरु पनि जोखिमबाट मुक्त रहंदैनन्।
इबोला संक्रमण भएका मानिसहरु निको भैसकेका भएता पनि तिनीहरुको रगत र शरिरका अन्य तरल पदार्थमा उक्त भाइरस रहुंजेल अरुलाई संक्रमण फैलाउन सक्ने जोखिमका रुपमा रहन्छन्, निको भएको झण्डै सात हप्तासम्म पनि।
इबोलाबाट बच्न अपनाउन सकिने उपायहरु
विश्व स्वास्थ्य संगठनको सुझाव छ – इबोला संक्रमण भएका विरामी र तिनको शरिरबाट निस्कने तरल पदार्थको सम्पर्कमा नआउने। सार्वजनिक स्थानमा रहेका संक्रमण भएको हुन सक्ने साझा रुमाल जस्ता बस्तुहरु नछुने।
विरामीको हेरचाह गर्नेहरुले पंजा र मास्क जस्ता सुरक्षित कपडाको प्रयोग गर्नुपर्छ र नियमित रुपमा आफ्नो हात धुने गर्नु पर्छ।
विश्व स्वास्थ्य संगठनले चमेरो, बांदर र वनमान्छे जस्ता संक्रमित जंगली जनावरको मासु कांचै नखान पनि सुझाव दिएको छ।
यो पछिल्लो महामारी शुरु भएको ठानिने गीनीको निश्चित क्षेत्रमा रुख चमेरोको मासु खास रुचाइने परिकार हो।
गत मार्च महिनामा लाइबेरियाका स्वास्थ्यमन्त्रीले संक्रमण फैलिन नदिन मानिसहरुलाई हात नमिलाउन, चुम्बन नगर्न र यौन सम्पर्क नगर्न समेत सुझाव दिएका थिए।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमण भएर निको भएका पुरुषहरुको वीर्यबाट सात हप्ता पछि पनि उक्त भाइरस सर्न सक्ने देखिएको छ।
स्वास्थ्यकर्मीहरुले सामना गर्नु परिरहेको सबैभन्दा ठूलो चुनौति भनेको इबोला संक्रमणको विषयलाई लिएर विद्यमान डर र मिथ्या अनुमानहरु हुन्।
तर स्वास्थ्यकर्मीहरु स्वयं पनि विरामीहरुको उपचार गर्न डराइरहेका छन् र तिनीहरुले संक्रमित विरामीहरुको हेरचाह गर्नका लागि अझ बढी सुरक्षित लुगाकपडाहरुको माग गरिरहेका छन्।
इबोलाका कारण यो महामारी फैलिएको क्षेत्रमा दर्जनौं डाक्टर तथा नर्सहरुको ज्यान गैसकेको छ। मारिनेमा सिएरा लियोनका एकमात्र भाइरसविज्ञ र इबोला विशेषज्ञ शेख उमर खान पनि छन्।
यसकारणले पनि लामो समय देखि डाक्टर र अस्पतालहरुको अभाव भोगीरहेका संक्रमण प्रभावित पश्चिम अफ्रीकी देशहरुको स्वास्थ्य सेवामा थप दबाब परेको छ।
इबोला संक्रमण भएमा के गर्ने?
इबोला संक्रमण भएको व्यक्ति अरु कसैको सम्पर्कमा नआउने गरी अलग्गै बस्नु पर्छ र डाक्टरहरुको सेवा लिनु पर्छ। छिटो उपचारको अवसर पाएमा संक्रमित व्यक्तिको ज्यान बच्ने संभावना बढी हुन्छ।
इबोला भाइरस संक्रमणबाट जोगिन कुनै खोप उपलब्ध छैन। तर नयां खोप र औषधिहरुको परिक्षण भने भैरहेको छ।
इबोला भाइरस संक्रमण महामारीको अवस्थालाई विचार गरेर विश्व स्वास्थ्य संगठनले अगस्ट महिनामा पहिले प्रयोग र परिक्षण नगरिएका औषधिहरुलाई पनि विरामीको उपचारमा प्रयोग गर्न अनुमति दिइसकेको छ।
इबोला संक्रमण भएका मानिसहरुको शरिरमा पानीको मात्रा निरन्तर रुपमा कम हुने गर्दछ।
तिनीहरुले लवणहरु भएको पानी नियमित रुपमा पीइरहनु पर्छ अथवा तिनीहरुलाई सलाइन पानी चढाउनु पर्छ।
स्वास्थ्य सम्बन्धि एउटा परोकारी संस्था, मेड्सां सं फ्रोन्तीए, ले भनेको छ हालको इबोला महामारी उक्त भाइरसको सबैभन्दा घातक र सकृय प्रजातिबाट भैरहेको छ।
हालको महामारीमा ५०% देखि ६०% प्रतिशत संक्रमितहरुको ज्यान गैरहेको छ।

इबोला संक्रमण भएका मानिसहरु मध्ये धेरै जसोको ज्यान गैरहेकोमा कोही कोही चाहिं किन र कसरी निको भएर बांच्न सफल हुन्छन् भन्ने अझै थाहा पाउन सकिएको छैन।

Comments

Popular posts from this blog

First Trailor BANG BANG! Official Teaser | Hrithik Roshan, Katrina Kaif

Directed by : Siddharth Anand Produced by : Fox Star Studios Written by : Sujoy Ghosh, Suresh Nair Release date : October 2, 2014 Bang Bang is the most awaited an upcoming Hindi action thriller film directed by Siddharth Raj Anand. The film features  Hrithik Roshan and Katrina Kaif in lead roles. Bang Bang is being produced by Fox Star Studios and it is a remake of the Tom Cruise-Cameron Diaz film Knight and Day .It is the first Bollywood film to be shot and co-produced in Abu Dhabi. The first teaser of  the film  was released on 23 July 2014. The teaser was well received by people and on YouTube. It passed all previous records set by other movies and is now the most watched teaser/trailer (in the first 24 hours) of Bollywood. BANG BANG! Official Teaser | Hrithik Roshan, Katrina Kaif Check out the official teaser of the most awaited movie BANG BANG! starring Hrithik Roshan and Katrina Kaif directed by Siddharth Anand. The Bullets will fly on 2nd October.

Movie Calender: Hate Story 2, Pizza 3D, Amit Sahni Ki List and others this Friday

Humpty Sharma Ki Dulhania gave very good week to Boxoffice and proved itself to be a Super Hit. This week is rather going to be very lukewarm as none of the film is likely to create much impact. All eyes will be on 25th July release Kick. Surveen Chawla & Jay Bhanushali starrer Hate Story 2 has highest buzz among all and has better chances then other films. HS2 is the sequel to critically acclaimed thriller Hate Story. Pizza 3D stars Akshay Oberoi, Parvathy Omanakuttan, Dipannita Sharma & Arundoy Singh. Backed by UTV the film is set to release this Friday. Vir Das's Amit Sahni Ki List will also try its luck along with these releases. The film has little chances and will depend on appreciation by public. Bazaar-E-Husn & Riyasat are unlikely to get any visibility.

Chinese government is shocked by the crash of a Malaysian plane in Ukraine

The Chinese government was shocked by the crash of a Malaysian plane in Ukraine and determining whether there were Chinese citizens onboard, Chinese foreign ministry spokesman Qin Gang said in a statement. A Boeing 777 passenger plane of the Malaysia Airlines crashed in eastern Ukraine en route from Amsterdam to Kuala Lumpur earlier Thursday, with all 295 people on board feared dead. The Ukrainian government and rebels in the region accused each other of shooting down the plane. MALAYSIAN BOING CRASHED