पश्चिम अफ्रीकामा फैलिएको इबोला भाइरसको महामारी हालसम्मकै सबैभन्दा घातक देखिएको छ। यो बर्ष मात्रै गीनी, लाइबेरिया, सिएरा लियोन र नाइजेरियामा मात्रै इबोलाका कारण १२ सय जना भन्दा बढीको ज्यान गैसकेको अवस्थामा, विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरेको छ। इबोला के हो? इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार यस्को प्रभारम्भीक लक्षणमा एक्कासी ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्ने र घांटी खराब हुने हुन्छ। यी शुरुआतका लक्षणहरु मात्र हुन्, त्यसपछि वान्ता हुने, झाडा पखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रुपमा रगत बग्ने पनि हुन्छ। यो रोग संक्रमण भएका चिम्पान्जी, चमेरो र जंगली मृग जस्ता जनावरहरुसंगको निकट सम्पर्कबाट मानिसमा सर्ने गर्छ। मानिसबाट मानिसमा चाहिं संक्रमित रगत, जीउबाट निस्कने अन्य तरल पदार्थ, संक्रमित अंगबाट प्रत्यक्ष रुपमा र संक्रमित वातावरणमा लामो समय विताउंदा अप्रत्यक्ष तवरले सर्ने गर्छ। वैकल्पिक मिडिया प्लेयरमा बजाउनुहोस् इबोलाबाट मृत्यु भएका मानिसहरुको शवसंग प्रत्यक्ष सम्पर्क...